नेपाल सरकार कार्य विभाजन नियमावली अनुसार यस मन्त्रालयललाई नेपाल सरकारबाट प्राप्त कार्यादेश देहायानुसार रहेको छ।

१)     युवा तथा खेलकुद सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन,

२)     युवा परिचालन तथा राष्ट्रिय युवा विकास,

३)     युवा तथा खेलकुद सम्वन्धी विषयको अध्ययन, अनुसन्धान, र्सर्वेक्षण,

४)     युवा जनशक्तिको प्रशिक्षण र तालिम,

५)     युवा तथा खेलकुद सम्बन्धी राष्ट्रिय तथा अन्तर्रराट्रय सम्बन्ध तथा प्रतिनिधित्व,

६)     नेपाल स्काउट,

७)     खेलकुद सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम,

८)     राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुद सम्बन्धी अन्य राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय संस्था,

९)     युवा जागरण तथा विकास सम्बन्धी कार्यक्रम,

१०)    युवा तथा खेलकुद सम्बन्धी विषयमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको परिचालन क्षमता विकास।

Site Updated On: Tue, 21 Feb 2012 04:55:19 PM