राष्ट्रिय युवा नीति, २०६६

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो। युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो।युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन्।साहस, सिर्ज नशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्मा णको प्रमुख स्रोत समेत मानिन्छ।नेपालमा १६-४० वर्षउमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ रहेको छ। गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको र्सवाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको छ।युवाहरूमा राष्ट्र , राष्ट्रियता र जनताप्र तिको बफादारी; युवाहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति ;समानता एवं समतामू लक वितरणको सिद्धान्त; संवैधानिक र्सवोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता; जाति, भाषा र वातावरणीय सम्पदाको सं रक्षण र सर्म्वर्द्ध न तथा सह-अस्तित्व जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवर्द्धन हेतु यो नीति तर्जुमा गरिएको छ।

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


राष्ट्रिय खेलकुद नीति, २०६७

नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न. खेलकुदको सांगठनिक ढा“चामा समय सापेक्ष सुधार गर्न. सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेलकुद संस्थाबीच समन्वय, सहकार्य एवं साझेदारीको वातावरण सिर्जना गरी खेलकुदलाई जनजीवनको अभिन्न अंग बनाउन. शारीरिक, मानसिक, वौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेलकुदलाई रोजगारीमूलक व्यवसायको रूपमा स्थापित गर्न. अनुशासित र मर्यादित समाज बनाउन तथा खेलकुद कार्यक्रमलाई स्थानीय तहदेखि नै सञ्चालन गरी सबैको लागि खेलकुद भन्ने अभियानलाई साकार पार् न वान्छनीय भएकोले यो राष्ट्रिय खेलकुद नीति, २०६७ जारी गरिएको छ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


Site Updated On: Tue, 21 Feb 2012 04:55:19 PM