प्रेस विज्ञप्ति

 मिति:२०६८/०४/०१

नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकार बिच गत बर्षसम्पन्न भएको समझदारी अनुरुप जनवादी गणतन्त्र चीनका तर्फाट युवा अनुभव आदान प्रदानको लागि ३० जना युवाहरुको टोली All China Youth Federation sf Deputy Secretary-General Mr Dawa Ciren को नेतृत्वमा यही जुलाई १६, २०११ तदनुसार २०६८।०३।३२ गते बिहान ९.३० बजे नेपाल आईपुगेको छ। उक्त टोलीलाई त्रिभुवन अन्तर्रर्ट्रय विमानस्थलमा नेपाल सरकारका तर्फाट युवा तथा खेलकुद मन्त्रालयका सह सचिव श्री रण बहादुर श्रेष्ठ र मन्त्रालयका अन्य कर्मचारीहरुको टोलीले स्वागत गर्नु भएको थियो। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


मिति:२०६८/०२/२२

आज मिति २०६८ जेष्ठ २२ गते आइतबारका दिन माननीय युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष श्री हितबहादुर तामाङ्बाट खेलकुद विकास नियम २०४९ को नियम १२ बमोजिम गठित पाँचै क्षेत्रीय खेलकुद विकास समितिहरु र नियम १९ बमोजिम गठित पचहत्तरै जिल्ला खेलकुद विकास समितिहरु विघटन गरिएको छ।

अन्तरबहादुर सिलवाल 
सहायक प्रवक्ता
युवा तथा खेलकुद मन्त्रालय
Site Updated On: Tue, 21 Feb 2012 04:55:19 PM