|
|
|
|
क्रिकेटको विश्वकपमा नेपाली टोलीको सहभागिता सम्बन्धी विषयलाई अभियानको रुपमा सञ्चालन गर्न गठित कार्यदलको प्रतिवेदन, २०६७ पृष्ठभूमि: नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्नुका साथ साथै विश्व क्रिकेटमा नेपालको स्थान क्रमशः माथि उक्लिरहेको छ । विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट काउन्सिलमा हाल १०५ वटा राष्ट्रहरु सदस्य छन्। जसमध्ये १० वटा राष्ट्रहरु क्रिकेटको ५ दिवसीय टेष्ट क्रिकेट खेल्न पाउने गरी पूर्ण सदस्य (Full Members) का रूपमा छन् भने ३५ राष्ट्रहरु एसोसियट (Associate) सदस्य तथा ६० राष्ट्रहरू एफिलिएट (Affiliate) सदस्यका रूपमा छन्।नेपाल र्सवप्रथम सन् १९८८ मा अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको एफिलिएट सदस्य भयो भने सन् १९९६ देखि एसोसियट सदस्यको रूपमा रहँदै आएको छ।क्रिकेट खेलमा हाल ५ दिवसीय टेष्ट म्याच, सिमित ओभरको एक दिवसीय खेल तथा २०/२० ओभरको T20 खेल अन्तराष्ट्रिय प्रतिस्पर्धामा खेलाईने गरिन्छ।यसको अतिरिक्त विभिन्न मुलुकमा त्रिदिवसीय प्रथम श्रेणीका खेलहरू तथा महिला, जुनियर खेलहरू पनि लोकप्रिय छन्।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (International Cricket Council - ICC) ले लामो समयदेखि ५ दिवसीय टेष्ट म्याचहरू द्विपक्षीय रूपमा खेलाउँदै आएको थियो।विगतमा छोटो खाले क्रिकेट खास गरी एक दिवसीय क्रिकेटले लोकप्रियता पाउन थाल्यो।यसको परिणाम स्वरूप अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले र्सवप्रथम सन् १९७५ मा एक दिवसीय सिमित ओभर (६०/६०) को विश्वकप प्रतियोगिता आयोजना गरेको थियो जसमा १० वटा राष्ट्रहरूले सहभागिता जनाएका थिए। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। Site Updated On: Tue, 21 Feb 2012 04:55:19 PM
|