मिति २०७८ चैत्र १७ गते काठमाडौं स्थित काठमाडौ शिक्षा क्याम्पसमा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र दाङका कार्यकारी निर्देशक डा. सुधन पौडेलको अध्यक्षतामा, प्रमुख अतिथि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू, मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यू, क्याम्पसका प्रमुख सत्रुधन गुप्ता र क्याम्पसका अन्य पदाधिकारी तथा कर्मचारीहरु लगायत मन्त्रालयका शाखा अधिकृत श्री नरेश पुडासैनीज्यू, र युवा विद्यार्थीहरुको सहभागितामा मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले मन्त्रालयको जानकारी सहित मानवता प्रवर्द्धनमा युवाहरुको भूमिकाबारेमा सहजिकरण गर्नु भयो । उपसचिव श्री यमेन्द्र उपाध्ययले मन्त्रालयको विस्तृत जानकारी सहित मानवता प्रवर्द्धनका उद्देश्यमा सहजिकरण गर्नु भयो र अन्य स्रोत व्यक्तिहरु श्री केशव चौलागाइले मानवता स्वराज्य र युवा बारेमा प्रस्तुतिकरण गर्नुभयो भने अर्का स्रोत व्यक्ति श्री रामहरि गौतमले मानवतावाद र जिवनकला विज्ञानमा अभ्यास सहित प्रस्तुतिकरण गर्नु भयो ।