खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मिति २०८२ जेष्ठ १२ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा सहभागीलाई खेलका दौरान हुने दुर्घटनाबाट तत्काल कसरी उद्धार गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेका उसु, जुडो र कबड्डीका खेलाडी र प्रशिक्षकहरु सहभागी भएका थिए । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेत, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रतिष्ठानका सह निर्देशक डा. मिनचन्द्र अधिकारी, प्रतिष्ठानका रजिष्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाह, मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रा.डा. रविराम श्रेष्ठ, सह प्रा.डा. ऋषि विष्ट, डा. लुना शर्मा खनाल, सह. प्रा.डा. ऋतु प्रधान, सह.प्रा.डा. अभय पोखरेल र डा. निर्माणप्रसाद ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।
Government of Nepal