माननीय मन्त्रीज्यूबाट कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानको निरीक्षण

Government of Nepal
None
Government of Nepal
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानको आज निरीक्षण गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराए। निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले त्रिवि मैदान स्तरोन्नतिका लागि अहिलेको लागि ४० करोडसम्म खर्च गर्न सक्ने जानकारी दिए। मन्त्री श्रेष्ठले विशेष गरी दर्शकको सुरक्षा प्रमुख रहेकोले यसलाई विशेष ध्यान दिनुपर्नेमा‌ जोड दिए। गेट, शौचालय र खानेपानीजस्तो सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उनले मैदान स्तरोन्नतिका लागि क्यान प्राविधिक पक्ष‌मा जानकार भएकोले सम्पूर्ण योजना बनाएर राष्ट्रिय खेलकुद परिषदमा पठाउन पनि क्यानलाई निर्देशन दिएका छन्।
Government of Nepal