टी–२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

Government of Nepal
None
Government of Nepal
माननीय युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीज्यूले आगामी मंसिर १५ गतेदेखि हुने टी–२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्नु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा एनपीएलको लोगो सार्वजनिक गर्नुभएकाे थियाे । कार्यक्रममा माननीय मन्त्रीज्यू ले क्रिकेट खेलाडीका लागि खेलकुद पुर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । साथै उहाँले क्रिकेटका लागि धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वास दिलाउनु भयो। उहाँले नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने जुन क्रिकेट संघले लिएको उद्देश्य छ, यसप्रति मेरो सधैं साथ, समर्थन र प्रतिवद्धता रहेको जनाउँदै नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि क्रिकेट प्रिमियर लिगले स्थानीय स्तरबाट क्रिकेट खेलाडी उत्पादन होस् भन्‍नेमा आशावादी रहेको समेत बताउनुभयो ।
Government of Nepal