Paris-2024 Paralympic Games मा सहभागी खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान

Government of Nepal
None
Government of Nepal
मिति २०८१।५।२८ गते प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता, माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अध्यक्षता, मन्त्रालयका सचिवज्यू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवज्यू, मन्त्रालयका सहसचिवज्यू लगायत नेपाल तेक्वान्दो संघका पदाधिकारीहरुका समुपस्थितिमा सन् २०२४ अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म मित्रराष्ट्र फ्रान्सको पेरिसमा आयोजित Paris-2024 Paralympic Games मा नेपालको तर्फबाट पारा तेक्वान्दो महिला ५७ के.जी. K-44 Category विधामा कांस्य पदक हासिल गरी ऐतिहासिक सफलताका साथ अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाउन सफल हुनु भएकोले उहाँहरुको योगदानको उच्च कदर गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।५।२० को निर्णयानुसार खेलाडी पलेशा गोबर्धनलाई नगद रु. ६५,००,०००।- (पैंसट्ठी लाख), प्रशिक्षक श्री कविराज नेगी लामालाई रु. ५,८५ ,०००।- (पाँच लाख पचासी हजार) र टिम व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई रु. २,९२ ,०००।- (दुई लाख बयानब्बे हजार) सहित सम्मान-पत्र वितरण समारोह सम्पन्न भयो।
Government of Nepal